सिमलपानीको पावरमा गङ्गाजल सहकारीद्वारा खसी बोका बिक्री वितरणमा निरन्तरता

केशबराज ज्ञवाली
पावर/बिक्रमसोता, अर्घाखाँची असोज -२७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  शितगङ्गा नगरपालिका वार्ड नम्बर -१४ सिमलपानीको पावरमा अबस्थित गङ्गाजल कृषि तथा पशु बिकास महिला सहकारीले किसानहरुका खसी बोका खरिद गरि बिक्रीवितरण निरन्तर रुपमा गरेको छ।
सहकारीमा आबद्द किसानहरूले पालेका खसी बोका बजार पुर्याउन सहजीकरण गर्दै आएको उक्त  सहकारी मार्फत आज ५६ वटा खसी बोका बिक्री गरिएको गङ्गाजल कृषि तथा पशु बिकास महिला सहकारिका अध्यक्ष सीता लामिछनेले अर्घाखाँचीडट्कमलाई बताउनु भयो।
कुल  १७६४ के .जि .का ती खसी बोका ७९३८०० रुपैयाँमा खरिद गरि ८११४४० रुपैयाँमा बिक्रीवितरण  गरिएको अध्यक्ष लामिछानेले बताउनुभयो ।
गङ्गाजल कृषि तथा पशु बिकास महिला सहकारिले किसानका उत्पादन बजार पुर्याउन सहजीकरण गर्ने हेतुले एकमुस्ठ रुपमा बिक्रीवितरण गर्दै आइरहेको छ । 
आजको खसी बोका बिक्रीवितरणमा वार्ड नम्बर १४ का वार्ड अध्यक्ष दामोदर न्यौपानेको पनि उपस्तिथि थियो।

अन्य समाचारहरु