भूमिकास्थान नगरपालिका आजबाट कोरोना मुक्त, संक्रमितको संख्या शुन्य (सम्पूर्ण विवरण सहित)

 अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका कोरोना मुक्त भएको छ । यहाँ संक्रमितको संख्या शुन्य भएको छ । यस नगरपालिकामा संक्रमितको संख्या १२४ रहेकोमा १२३ जनाले कोरोना जितेका छन् । भने १ जनाको कोरोनाका कारण मृत्‍यु भएको छ । 
यस्तै यसअघि छत्रदेव गाउँपालिका कोरोना मुक्त भएको थियो । यहाँ सबै संक्रमित २८ जनाले कोरोनालाई जितेका छन् ।     
अर्घाखाँचीमा बुधवारसम्म  १३ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १३ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा ६  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या २०९ जना रहेको छ ।   
भूमिकास्थान नगरपालिकामा बुधवार १ जनाले कोरोना जितेका छन् । योसँगै अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट बुधवारसम्म  ३९६ जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ८१  जना, शितगंगा नगरपालिकामा ७८,   भूमिकास्थान नगरपालिकामा १२३, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । भने ९६   जना उपचाररत छन् ।   
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ४९६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १६५,   जना, शितगंगा नगरपालिकामा ८६,    भूमिकास्थान नगरपालिकामा १२४,     मालारानीमा ७५,  पाणिनी गाउँपालिकामा १८ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ४९६ जना संक्रमित रहेका छन् ।     
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
  
साथै बुधवार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ३  स्थानमा १३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
बुधवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ९५   जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।