अर्घाखाँचीका युवालाई अन्तराष्ट्रिय शैक्षिक म्यागाजिनबाट एडुप्रनेर बर्ष २०२० को मान्यता प्रदान

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीका एक युवालाई द एक्सिलेन्ट नामक विश्व प्रसिद्द शैक्षिक म्यागाजिनले एडुप्रनेर बर्ष २०२० को रूपमा मान्यता प्रदान गरेको छ ।
धारापानीका कृष्ण प्रसाद भुसाललाई द एक्सिलेन्ट नामक विश्व प्रसिद्द शैक्षिक म्यागाजिनले एडुप्रनेर बर्ष २०२० को रूपमा मान्यता प्रदान गरेको हो ।
विभिन्न शैक्षिक र ज्ञानमुलक कार्यक्रमहरू मार्फत विद्यार्थिहरूलाइ अगाढि बढन हौसला र उत्प्रेरणा प्रदान गरेको भन्दै उनि सहित विभिन्न मुलुकका ९ जना शिक्षा क्षेत्रका उद्यमीहरूलाइ पत्रिकाले सो सुचीमा समावेश गरेको बताइएको छ ।
भुसालले (आइडिया एजुकेसन)नामक सँस्था मार्फत विगत केहि बर्ष देखि काठमान्डौ लगायत नेपालका विभिन्न भू-भागमा पुगेर नेतृत्व विकास, व्यक्तित्व विकास र उद्यमशिलता अभिवृद्दीका लागि विभिन्न उत्प्रेरणा जगाउने कार्यक्रमहरू गर्दै आएका थिए ।
विभिन्न सामाजिक कार्यमा अग्रसर रहेका भुसालले आगामी दिनमा आफ्नो क्षमता अनुसार समाजको लागि अझै बढी योगदान दिने बताए ।
ख्याती प्राप्त अन्तर्राष्ट्रिय पत्रिकाले उक्त मान्यता प्राप्त गरेपछि थप जिम्मेवारी बोध भएको भुसालले बताए ।

अन्य समाचारहरु