ढिकुराका एक कोरोना संक्रमित पुरुषको आईसीयू अभावका कारण निधन

अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर  ९ ढिकुराको सुवर्णखालका एक कोरोना संक्रमित पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा आईसीयू अभावका कारण निधन भएको छ । 
ढिकुराका ७३ वर्षीय संक्रमित पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा आईसीयू अभावका कारण निधन भएको हो । 
खुट्टामा समस्या भई उपचारको लागि बुटवल गएका उनको स्वाव परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अवस्था जटिल बन्दै गएको थियो ।
समाचार अनुसार उनलाई असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । तर अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनमा यही असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अन्य समाचारहरु