सुजन न्यौपाने
ताराखसे अर्घाखाँची असोज २९,२०७७ । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका – ७ भगवतीमा रहेको एतिहासिक धार्मिक श्री आकास देवी मन्दिर ताराखसेमा सरायँ नाँच नहुने भएको छ ।
भगवतीमा रहेको एतिहासिक धार्मिक श्री आकाशदेवी मन्दिर ताराखसेमा कोरोना संक्रमण बढदै गईरहेको भन्दै सरायँ नाँच नहुने भएको हो ।
ताराखसे मन्दिरले जारी गरेको सुचना अनुसार उक्त क्षेत्रमा मेलापर्वको अवधिमा भेला तथा जमघट हुँदा संक्रमण बढ्न सक्ने भन्दै सरायँ मेला, जात्रा, खेलकुद तथा मनोरन्जनात्मक गतिविधिमा प्रतिवन्ध लगाएको छ ।
उता कोरोना संक्रमण बढदै गईरहेको भन्दै अर्घाखाँची जिल्लाभर यो वर्ष दशैंमा सरायँ मेला गर्न प्रतिवन्ध लगाइएको छ ।
जिल्लाभर यो वर्ष दशैंमा हुने सरायँ मेला गर्न प्रतिवन्ध
अर्घाखाँची जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको आदेश अनुसार अर्घाखाँची जिल्लाभर यो वर्ष दशैंमा हुने सरायँ मेला गर्न प्रतिवन्ध लगाइएको हो ।
यस्तै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलबाट जारी आदेश अनुसार दशैं, तिहारका बेला जात्रा, खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रम गर्न, गराउन नपाईने । जहाँ सुकै आवतजावत गर्दा २ मिटर दुरी कायम गर्नुपर्ने, भारत, तेस्रो मुलुक तथा जिल्लाबाट आउनेलाई १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने लगायत मापदण्ड अपनाउन भनिएको छ ।
व्यापक प्रहरी परिचालन
उता जिल्लामा नजिकिदै गरेको नेपालीहरूको महान् चाड दशैं, तिहार र छठको अवसरमा हुने बिभिन्न किसिमका आपराधिक क्रियाकलापहरुलाई नियन्त्रण एवं रोकथाम गर्न व्यापक प्रहरी परिचालन गर्न लागिएको छ।
कोभिड–१९ का कारण आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लाभर ठुलो संख्यामा प्रहरी परिचालन गर्न लागेको हो।
अर्घाखाँची प्रहरीले चाड पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, जुवा, अबैध मदिरा बिक्री बितरण नियन्त्रण गर्न ‘चाडपर्व दसैं सुरक्षा योजना– २०७७’ सार्वजनिक गर्दै जिल्लामा चौबिसै घण्टा गस्ती गरिने जनाएको छ।
साथै प्रहरीले मोबाइल गस्तीदेखि पैदल गस्ती गरिने बताएको छ । कोही कसैलाई कुनै समस्या परेमा २४ सै घण्टा प्रहरी निरक्षक राम नारायण गुप्ता ९८५७०८६०९९ वा ०७७-४२०२९९ मा फोन गर्न सकिनेछ ।
यस्तै नजिकिँदै गरेका चाडपर्व आफू बसेकै ठाउँमा मनाउन अर्घाखाँची प्रहरीले अनुरोध गरेको छ। कोरोना महामारी फैलिनबाट जोगिने र अनावश्यक खर्च पनि नहुने भन्दै प्रहरीले चाडवाडमा धेरै हिँडडुल नगर्न आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारी गरेको आदेश:-
१ – नेपालिहरुको महान चाड दशैंको समयमा धार्मिक ,मठ मन्दिरहरुमा नित्य पुँजा आजा बाहेक मानिसहरुको भिड भाड भई गरिने अन्य सबै किसिमका धार्मिक कार्यहरु परम्परागत सरायँ नांच लगायताका मेला जात्रा खेलकुद ,मनोरन्जनात्मक कार्यक्रम भेला गोष्ठी अनावश्यक जमघट नगर्ने र रनगराउने ।
२ – चाड पर्वको समयमा बजार क्षेत्रमा मानिसहरुको आवातजावत चहल पहल बढ्ने भएकोले व्यवसायी र उपभोक्ता रग्राहक सबैले दुइ मिटरको भौतिक दुरी कायम गर्ने,अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने ,सावुन पानीले नियमित हात धुने ,स्यानीटाईजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य र सुरक्षा मापदण्डको अनिवार्य रुपमा पालना गर्ने ।
३ – यात्रुवाहक सवारी साधनहरुले (कोभिड ) १९ प्रकोपको अबधि भर सार्वजनिक यातायात संचालन निर्देशिका ,२०७७ बमोजिम स्वास्थ्य र सुरक्षा मापदण्डको पालन गर्ने ।
४ – भारत तथा तेस्रो मुलुक र अन्य जिल्ला बाट यस जिल्लामा आउने ब्याक्तिहरु सम्बन्धीत स्थानीय तह संगको समन्यवमा अनिबार्य १४ दिन क्वारेन्टाइन मा बस्ने ।
५ – कोरोना संक्रमणको संका लागेर स्वाब दिएका ब्याक्तिहरु क्वारेन्टाइनमा बस्ने र कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएका ब्याक्तिहरु अनिबार्य रुपमा आइसोलेशनमा बस्ने ।
६ – यस सूचना बमोजिम स्वास्थ्य र सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गरिन्छ। र यस सुचनाको बिपरित भए गरेको पाईएमा संक्रामक रोग ऐन ,२०२० र स्थानीय प्रसाशन ऐन ,२०२८ बमोजिम कारबाही गरिने छ।