नेविसंघ अर्घाखाँची काठमाडौं सम्पर्क समिती बिघटन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । नेविसंघ अर्घाखाँची काठमाडौं सम्पर्क समिती बिघटन भएको छ । 
 नेपाली कांग्रेस जिल्ला सभापति बिष्णुप्रसाद खनालले शुक्रबार एक विज्ञप्ती जारी गरी नेविसंघ अर्घाखाँची काठमाडौं सम्पर्क समिती बिघटन गर्नुभएको हो । 
नेविसंघ जिल्ला अध्यक्ष भरत भट्टराईले आफुखुशी नेविसंघ अर्घाखाँची काठमाडौं सम्पर्क समितिको अध्यक्षमा सतिष भुसाल र सचिवमा प्रतिभा भुसाललाई तोकेको भन्दै खनालले समिती बिघटन गर्नुभएको छ । 
अबको १५ दिन भित्र नयाँ समिती गठन गरिने भएको छ ।  

अन्य समाचारहरु