अर्घाखाँचीभरका क्वारेन्टिनमा बस्नेको संख्या घटेर ८ जना पुग्यो, शुक्रबार ४ जना डिस्चार्ज भए (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा शुक्रबारसम्म  ८ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ८ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा ४  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या २०९ जना रहेको छ । 
अर्घाखाँचीका ६ वटा स्थानिय ३  स्थानमा ८ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।   
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ५२२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८६,    जना, शितगंगा नगरपालिकामा ९०,     भूमिकास्थान नगरपालिकामा १२५,     मालारानीमा ७५,  पाणिनी गाउँपालिकामा १८ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ५२२ जना संक्रमित रहेका छन् ।     
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट शुक्रबारसम्म  ४०६ जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ९०   जना, शितगंगा नगरपालिकामा ७८,   भूमिकास्थान नगरपालिकामा १२३, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । भने ११२   जना उपचाररत छन् ।  
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
  
साथै शुक्रबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । 
शुक्रबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ११२   जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु