अर्घाखाँचीमा विधार्थी नेता प्रदिप नेपालीलाई कोरोना संक्रमण

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका नेपाल कम्युनिस्ट पार्टी( नेकपा) का निकट विधार्थी नेतालाई कोरोना संक्रमण भएको छ।
नेकपाका निकट अनेरास्ववियू केन्द्रीय सदस्य प्रदिप नेपालीलाई कोरोना संक्रमण भएको हो । शुक्रबार प्रदेश जनस्वास्थ्य लुम्बिनीबाट प्रदिपको पिसिआर पोजिटिभ आएको हो । 
उता आज सन्धिखर्क नगरपालिकामा २१ जना र शितगंगा नगरपालिकामा १ जना कोरोनाका संक्रमित थपिएका छन् । यो सँगै  अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ५२२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८६,    जना, शितगंगा नगरपालिकामा ९०,     भूमिकास्थान नगरपालिकामा १२५,     मालारानीमा ७५,  पाणिनी गाउँपालिकामा १८ र छत्रदेव गाउँपालिकामा २८ जना रहेका छन् ।   
शुक्रबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ११२   जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन् ।   
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 

अन्य समाचारहरु