मालारानी गाउँपालिकाको कानून संग्रह सार्वजनिक

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले स्थानिय सरकार सन्चालनका लागि आबश्यक पर्ने नीति नियम कानुन निर्माण गरि कानून संग्रह सार्बजनिक गरेको गाउपालिका प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्तीले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य उपाध्यक्ष प्रमिला क्षेत्री प्रमुख प्रसासकिय अधिकृत बिस्णु घर्तिले सो नीति नियम कानुनको किताब सार्वजनिक गर्नु भएको थियोे ।