चुत्राबेसीमा साथी स्मार्टको शुभारम्भ , उपभोक्तालाई सहज

शोभाखर पन्थी 
चुत्राबेसी, अर्घाखाँची  कार्तिक / ०१ । चाडपर्व नजिकिए सँगै अर्घाखाँची जिल्लामा सुपथ मुल्यका पसलहरु खुल्न थालेका छन् । 
ग्राहकको मागलाई  मध्यनजर गर्दै विभिन्न कम्पनी हरुले दशै तिहार अफर सहितका नयाँ योजना बजारमा ल्याएका छन् । 
यसैबीच सन्धिखर्क २ चुत्राबेसीमा साथी स्मार्टको शुभारम्भ गरिएको छ । साथी स्मार्टले घटस्थापनाको अबसर पारी आज देखि विभिन्न ब्रान्डका सामाग्रीहरु छुट मुल्यमा बिक्री गर्न थालेको छ ।
साथी स्मार्टको एक समारोहका बीच उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले  उद्घाटन गर्नुभएको छ । कार्यक्रममा मन्तव्य राख्दै उहाँले साथी स्मार्टले छिट्टै सफलताको शिखर चुम्ने बताउनु भयो ।विभिन्न ब्रान्डका उपभोग्य सामग्री छुट सहित बिक्रीवितरण गर्ने साथी स्मार्ट उपभोक्ताको रोजाईको पहिलो पसल हुने उहाँको भनाई थियो  ।
 बैदेशिक रोजगारी जापान बाट फर्किएका युवा अरुण श्रेष्ठ द्वारा संचालित  यस पसलमा दैनिक उपभोग्य  तथा कस्मेटिकका सामाग्री पाईन्छ । 
स्मार्टले उपभोक्ताहरु लाई कम्पनी द्वारा कायम उपभोक्ता मुल्यमा समेत भारी छुटका साथ सामान बिक्री गरेको  साथी स्मार्टका व्यबस्थापक अरुण श्रेष्ठको भनाइ छ ।
 साथी स्मार्टको सुरुवात सँगै पसलमा ग्राहक हरुको भिड लाग्न थालेको छ ।  कोभिड १९ का कारण  सामान खरिदमा ठगिदै आएका उपभोक्ताहरुले साथी स्मार्टको संचालनले  थोरै राहतको अनुभुती गरेका छन् । 
साथी स्मार्टले आफ्ना ग्राहक हरुलाई तापक्रम नापि,माक्र्सको प्रयोग गर्नुका साथै सेनिटाईजर गरि सामाजिक दुरी कायम राखि सामान बिक्रीवितरण गर्ने जनाएको छ ।

अन्य समाचारहरु