सन्धिखर्कमा सामाजिक सुरक्षा, घटना दर्ता सम्बन्धी ३ दिने तालिम सम्पन्न, मुस्कान सहितको सेवा दिन सापकोटाको आग्रह

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा वार्ड स्तरीय पञ्जिकाधिकारीहरुलाई सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धी ३ दिने तालिम समापन भएको छ । 
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद सापकोटाले मुस्कान सहितको सेवा सरल सरकार सहज सेवा जनताले अनुभुती गर्ने गरि सेवा प्रवाह गर्न आग्रह गर्नु भएको छ । 
सन्धिखर्क नगरपालिकामा अन्तरगत १२ वार्डका  वार्ड स्तरीय पञ्जिकाधिकारीहरुलाई सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धि दिएको ३ दिने तालिम समापन कार्यक्रममा बोल्दै सापकोटाले झन्जट मुक्त सेवा प्रवाहा गर्नका लागि सबै वार्डहरुबाट सप्टवएर जडान गरि काम सुरु गरिएकोले काम पारदर्शी सु-शासन मैत्री र जबाफ देहि गर्न र जनता  स्थानिय सरकारले गरेको काम प्रति खुसि हुने गरि सेवा दिन आग्रह गर्नु भएको हो ।

अन्य समाचारहरु