नुवाकोटमा वार्ड नं ७ भित्रका सम्पुर्ण बिद्यालायलाई जन्मोत्सवको पुर्वसन्ध्यामा स्वास्थ सामग्री बितरण (फोटो सहित)

केशबराज ज्ञवाली 
पानडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको भुमिकास्थान -७ स्थायी ठेगाना भइ हाल सन्धिखर्क निवासी समाजसेवी कौशला खनाल रायमाझीले भुमिकास्थान नगरपालिका वार्ड न. ७ नुवाकोटका ६ वटा स्कुल,स्वास्थ सेवा केन्द्र र वार्ड कार्यालयमा माक्स ,सेनिटाइजर र ग्यास चुलो सेट बितरण गर्नुभएको छ।
रोजगारीको शिलशिलामा कतारमा रहेका आफ्ना श्रीमान सागर रायमाझीको ३७औं  जन्मोत्सव को पुर्वसन्ध्यामा उक्त सामग्री बितरण गरिएको थियो। सागर रायमाझीको जन्मदिन अबसरमा उनकी श्रीमति कौशलाले बाडेकी हुन ।
 
देशमा कोरोना भाइरसले आतंक मच्चाइरहेको बेला फजुल खर्च गरि जन्मोत्सब मनाउन भन्दा स्वास्थ सामग्री बितरण गरि महामारी नियन्त्रणमा आफ्नो थोरैमात्र भएपनी सहयोग पुगोस भन्ने हेतुले ती सामग्री बितरण गरेको सामाजिक अभियन्ता रायमाझिले बताउनुभयो । 
श्रीमान सागर रायमाझिको जन्मदिन कार्तिक ४ गते भएता पनि दशै नजिकिँदै गएको र  समय ब्यबस्थापनमा जटिलता आउन सक्ने हुनाले पहिलेनै हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । पहिला देखिनै समाजसेवामा सक्रिय रायमाझी द्वारा उक्त अबसरमा निम्न अनुसारका सामग्री आज बितरण गरिएको थियो ।
बितरण गरिएका सामाग्री विवरण:
कालिका आधारभुत बिद्यालय – सर्जिकल माक्स १५०/के एन 95 माक्स८ र सेनिटाइजर १
जनसेवा आधारभुत बिद्यालय-सर्जिकल माक्स-२००/के एन 95 माक्स ७ र १ सेनिटाइजर ।
भगवती मा . बि . -सर्जिकल मास्क ४००/के एन 95 मास्क १६र सेनिटाइजर १ ।
 नागेस्वर आ .बि .सर्जिकल मास्क १५०/के एन 95 मास्क ८ र सेनिटाइजर ।
नुवाकोट मा .बि . सर्जिकल मास्क ३५०/के एन 95 मास्क २९ र २ सेनिटाइजर ।
जनजागृती आ . बि . सर्जिकल मास्क १००/के एन 95 मास्क ३ र सेनिटाइजर ।
स्वास्थ सेवाकेन्द्र -सर्जिकल मास्क ५० र ग्यास चुल्हो सेट ।
वार्ड कार्यालय भु .न .पा . ७ -सर्जिकल मास्क ५० के एन 95 मास्क १२ र सेनिटाइजर ।