सुर्य भुसाल / अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले आफ्नै पालिकाको छुट्टै चिन्ह (लोगो) सार्वजनिक गरेको छ ।
आबेदकहरु मध्ये गुल्मी जिल्ला रेसुङगा नगरपालिका निबासी आईटिए डिजाईनर ईश्वर बिकले बनाएको लोगो छनोट गरि गाउँपालिकाले सार्बजनिक गरिएको हो ।
मालारानी गाउँपालिकाले आफ्नै पालिकाको चिन्ह (लोगो) प्रयोगमा ल्याउने भन्दै सर्वसाधारणलाई नमुना पठाउन भन्दै सुचना जारी गरेको थियो । चिन्ह पालिकाको पहिचानलाई समटिएर बनाइएको छ ।
गाउँपालिकाहरुमा आफ्नो पहिचान सहितको लोगो सार्वजनिक गर्ने मालारानी पहिलो हो । गाउँपालिकाले सुचना सार्वजनिक गरेपछि गाउँपालिकामा १८ जना लोगो डिजाईनरहरुले आवेदन दिएको र ३५ वटा लोगो बनाई गाउँपालिकामा पेस गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिस्णु घर्तिले जानकारी दिनु भयो ।
आजदेखि मालारानी गाउँपालिका वार्ड कार्यालय मातहतका सबै कार्यालयमा लोगो प्रयोगमा ल्याईएको घर्तिले बताउनु भयो ।
पालिकाको नमुना चिन्ह (लोगो) नमुना असोज १२ गतेसम्म जोसुकैले पनि पठाउन सक्नेछ बताएको थियो । उक्त लोगो छानिएमा लोगो बनाउने व्यक्तिलाई उचित रकमले पुरस्कार प्रदान गरिने उक्त सुचनामा जनाइएको थियो ।