अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा निर्माण गरिएका सबै क्वारेन्टिन खाली भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या १२९ जना रहेको छ ।
उता आज भूमिकास्थान नगरपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ५२४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८६, जना, शितगंगा नगरपालिकामा ९०, भूमिकास्थान नगरपालिकामा १२६, मालारानीमा ७५, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ५२४ जना संक्रमित रहेका छन् ।
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट आईतबारसम्म ४०६ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ९० जना, शितगंगा नगरपालिकामा ७८, भूमिकास्थान नगरपालिकामा १२३, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । भने ११३ जना उपचाररत छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ५ जनाको निधन भएको छ ।
साथै आईतबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय 0 स्थानमा ० वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ११३ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।