अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अर्घाखाँचीकाे भवन निर्माणकाे शिलान्यास एक कार्यक्रमका बिच सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
सन्धिखर्क नगरपालिका वडा नं .१ काे शिक्षा र प्रहरी कार्यालयकाे बगलमा बन्न थालेकाे भवनकाे शिलान्यास कार्यक्रममा प्रमुख अतिथि ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय केन्द्रीय वरिष्ठ उपाध्यक्ष , बुटवल क्षेत्र प्रमुख वरिष्ठ राजयाेगिनि ब्राह्माकुमारी कमलाले गर्नु भएकाे छ ।
कार्यक्रममा मन्तव्य राख्दै उहाँले सबै अटाउने साझा घर बन्न थालेकाेमा अाफुलाई सारै खुसि लागेकाे बताउनु भयाे , अर्घाखाँचीमा संस्थाकाे भवन बनाउने अाफ्नाे सपना पुराभएकाे बताउँदै लामाे समय पछि बन्न थालेकाे भवनले सबैलाई शान्ति र खुसि बाड्ने छ उहाँले भन्नू भयाे।
उहाँले याे संस्थामा सबै बर्ग , उमेर ,धर्म,जातजाती अटाउने ,कुनै अन्ध बिश्वास ,गुरूडम , र तन्त्र मन्त्र नभएकाे बताउनु भयाे ।
उहाँले सकारात्मक साेचकाे विकास गरि मेडिटेशनकाे माध्यम बाट मन र शरीर लाई बलियाे बनाउँदै जीवनमा शान्ति प्राप्त गर्ने, ज्ञान दिने बैज्ञानीक थलाे ब्रम्हाकुमारी भएको बताउनु भयाे । उहाँले भवन निर्माण समयमै सकिने बिश्वासका साथ अावस्यक सहयोगकाे समेत अपेक्षा गर्दै काममा जुट्नु हुने सबै सहयाेगी पुण्य अात्माहरू प्रति अाभार तथा कृतज्ञता ब्यक्त गर्नु भयाे ।
भवन निर्माण समितिका अध्यक्ष समाजसेवी ठाकुर प्रसाद श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमका बिशिस्ट अतिथि राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काले यस संस्थाले मानव चरित्र निर्माणमा सहयाेग पुर्यायकाे बताउनु भयाे । उहाँले बन्न लागेकाे भवन सबै काे लागि उपयाेगि र सामुहिक रूपमा ज्ञान लिने थलाे भएकाे ले भाेलीका दिनमा प्राकृतिक विपत्ति बाट जाेखिम नहुने खालकाे गुणस्तरिय बनाउन ध्यान दिनु पर्ने बताउनु भयाे । उहाँले भवन निर्माणकाे सफलताकाे शुभकामना ब्यक्त गर्दै याे महान कार्यमा अाफ्नाे तर्फ बाट हैसियत अनुसार सहयाेग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका उप प्रमुख ठाकुर कुमार बि.क.(किशाेर) ,उद्योग बाणिज्य संघ केन्द्रीय सदस्य कृष्ण प्रसादश्रेष्ठ ले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।
संस्था र कार्यक्रम का बिषयमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लुम्बिनी क्षेत्र सचिव बरिष्ठ ब्रह्मकुमार नारायण ले अाफ्ना भनाइहरू राख्नु भएकाे थियाे ।
ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्धालय अर्घाखाँची सेन्टर सन्चालिका ब्रह्माकुमारी कृति काे सन्चालनमा सम्पन्न कार्यक्रम काे स्वागत भवन निर्माण सचिव नन्दराम भट्टराईले गर्नु भएको थियाे ।
कार्यक्रममा ब्रह्माकुमारी गुल्मि प्रमुख ब्रमकुमारी सिमा ,सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकाेटा ,वडा नं.१का अध्यक्ष युवराज बन्जाडे ,वडा नं.३ का अध्यक्ष लिला गाैतम ,उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ ,सनपा १ का वडा सदस्य लक्ष्मण पराजुली ,पत्रकार लगायत बुटवल तथा अर्घाखाँचीका संस्थाका साधकहरू काे उपस्थिति रहेकाे थियाे ।
भवन निर्माणकाे लागि लागि प्रदेश सांसद चेतनारायण अाचार्य ,रामजी प्रसाद घिमिरे ,जालपा भुसाल ,निर्मला क्षेत्री बाट बिशेष पहल भएकाे सेन्टर सन्चालिका कृतिले बताउनु भयाे जस अनुसार भवन निर्माणका लागि ५ नं.प्रदेश सरकार बाट अा.ब ०७७/०७८ काे लागि पन्ध्र लाख बिनियाेजन गरिएकाे र भवन निर्माण का लागि अनुमानित साठी लाख खर्च हुने सेन्टर सन्चालिका कृतिले बताउनु भयाे ।२०५१ मा अर्घाखाँचीमा स्थापना भएकाे संस्था हाल सन्धिखर्कमा भाडामा बस्दै सेवा सन्चालन गर्दै अाएकाे छ ।