अर्घाखाँचीडट्कम संवाददाता
बुटवल । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड न.७ अड्गुरीका एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
अड्गुरीका ३८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा संक्रमितको ज्यान गएको हो ।
उनको बुधबार राति साढे ९ बजे मृत्यु भएको थियो ।
गत असोज २२ गते कोरोना पुष्टि भएपछि बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
योसँगै अर्घाखाँचीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।