बिष्णु खनाल
मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष शोभाखर खनालले दशै भत्ता वापत आएको रकम कोरोना कोषमा जम्मा गर्नुभएको छ ।
वडध्यक्ष खनालले दशै भत्ता आएको ११ हजार ८ सय ८० रुपैयाँको चेक पालिका अध्यक्ष बालकृष्ण आचार्यमार्फत कोरोना कोषमा जम्मा गर्नु भएको हो ।
नेपाली काँग्रेस संसदीय दलले आफ्नो दलबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्राप्त दशैं भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय गरे अनुसार आफुले प्राप्त गरेको रकम कोरोना कोषमा जम्मा गरेको बताउनु भयो ।
यसअघि नेपाल सरकारले कोरोना भाइरसको परीक्षण र उपचार स्वयम् नागरिकले आफैँ गर्नुपर्ने तथा सङ्क्रमितको घरमै एकान्तवास रहँदा मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने निर्णय गलत भएको भन्दै काँग्रेस संसदीय दलले सरकारको यो निर्णयले महामारीले विकराल रूप लिने भन्दै आपत्ति प्रकट गरेको थियो ।