पाणिनी पर्यटन समाज अर्घाखाँचीद्धारा शितगंगा -१२ मा राहत वितरण
कार्तिक ७ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
रजीया,अर्घाखाँची डटकम् (व्युरो रिपोर्ट) । पाणिनी पर्यटन समाज अर्घाखाँचीद्धारा शितगंगा नगरपालिका वडा नं १२ स्थितपहिरो पिडितहरुलाई ५०,५०५ रुपैया नगद हस्तान्तरण गरिएको छ ।
पाणिनी गाँउ पालिका का कर्मचारीहरुवाट सितगंगा नगरपालिका स्थित पहिरोपिडितको लागी पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष झविनसुनाम,प्रवक्ता डिआरजी सुमनसँगको भेटघाटमा पाणिनी गाँउ पालिका लेखाअधिकृत नीरज पौडेल र कर्मचारी नरेन्द्र प्रसाद पराजुलीको पहलमा रु ९ हज़ारपाँच सय संकलन गरेको थियो ।
पाणिनी पर्यटन समाज अर्घाखाँचीका पदाधिकारी,पाणिनि गाँउ पालिका स्थितवडा अध्यक्ष,वडा सदस्य लगायतका जनप्रतिनिधी,स्थानीय समाजसेवी सहितवाट संकलन गरेको रु पचास हजार पाँच सय पाँच रुपैया सितगंगा नगरपालिकावडा नं १२ का वडा अध्यक्ष वावुराम गैरेलाई एक कार्यक्रमका विच पाणिनीपर्यटन समाज अर्घाखाँचीका अध्यक्ष झविन सुनाम ,उपादक्ष्य धुव्रराज घिमिरेमार्फत हस्तान्तरण गरेको छ ।
पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनाम,उपादक्ष्य धुर्वराज घिमिरे,सदस्यपारस भट्टराई,सदस्य खिम वहादुर सुर्यवंशी, प्रवक्ता डिआरजी सुमन सितगंगानगरपालिका वडा नं १२ रजीयामै पुगेर पिडितको वास्तविक अवस्था वुझीस्थलगत अवलोकन गरेको छ ।
पाणिनी गाँउ पालिकामा प्रधान कार्यालय रहेको पाणिनि पर्यटन समाजअर्घाखाँची, यस जिल्ला मैं मानवीय सेवा र पर्यटन प्रवर्द्धनमा अग्रसर रहेकोसंस्थाले २०७६ सालको तिहारमा देउसीभैलो खेलेर एम्बुलेंस संचालनमाल्याएको मात्र हैन विभिन्न स्थानमा पुगी वास्तविक पिडितको समस्यामा राहतपुर्याउदै आएको पनि छ ।तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।