अर्घाखाॅंची जिल्ला अस्पताललाई एनआरएन साउदी अरबद्धारा स्वास्थ्य सामाग्री वितरण

शिवलाल पाैडेल 
सन्धिखर्क, अर्घाखाँची । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको परोपकारी परियोजना अन्तर्गत सातै प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम अनुसार प्रदेश ५ को लागि अर्घाखाॅंची जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
राष्ट्रिय समन्वय परिषद साउदीका कार्यसमिति सदस्य राम बहादुर क्षेत्रीको समन्वयमा सन्धिखर्कका स्थानिय स्वयंसेबी युवा मदन कुमार क्षेत्री र हरि पाण्डेले एक संक्षिंप्त कार्यक्रमका बिच उक्त्त स्वास्थय सामाग्रीहरू अर्घाखाॅंची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गाैतमलाई हस्तान्तरण गरिएको हो ।
उक्त्त अबसरमा अस्पतालका अन्य कर्मचारी र स्थानियबासी हरूको पनि उपस्थिति थियो । कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त्त राख्दै जिल्ला अस्पतालका प्रमुख डा. गाैतमले गैर आवासिय नेपाली संघ साउदीको कार्यको प्रशंसा गर्दै धन्यबाद ब्यक्त गर्नुका साथै यस्ता कार्यले महामारी संग लड्न फ्रन्ट लाईनमा खटीने स्वास्थ्यकर्मी लाई थप हौसला र सहयोग हुने बताउनुभयो ।
एनआरएन साउदिबाट प्राप्त स्वास्थ्य सामाग्री जिल्ला अस्पताललाई प्रदान गरिएकाे छ । जिल्ला अस्पतालका प्रमुख डा. कपिल गाैतमलाई १४ थान पिपिए, एन ९५ माक्स २० थान, फेस फिड १४ थान र ग्लाेप्स हस्तान्तरण गरिएकाे हाे ।