अराज बेल्बासे
ठाडा । शितगंगा शितगंगा नगरपालिका वार्ड नम्बर ११ र १२ का पहिराे पिडितकाे राहत स्वरुप शितगंगा नगरपालिका ४ सानादह निवासी गुरु नेत्र प्रसाद अाचार्यका छाेराे इन्जिनियर सुर्य प्रसाद अाचार्यले ब्यतिगत रुपमा रु १ लाख शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी लाई प्रदान गर्नु भएकाे छ ।
अाफ्नै नगरबासी अप्ठेराेमा परेकाे बेला राहत हाेस भन्दै अाचार्य तथा उहाँकी धर्मपत्नी उमा ज्ञवाली अाचार्यले रकम हस्तान्तरण गर्नु भएकाे हाे । एक महिना अगाडि शितगंगा नगरपालिकाकाे वडा नम्बर ११ र १२ मा पहिराेले गाउँनै भासिदा सयाै घरपरिवार विस्तापित भएकाे छन उनिहरुकाे उचित ब्यवस्थापनकाे लागि नगरप्रमुख अधिकारी विभिन्न क्षेत्रमा खट्नु भएकाे छ भने सबै सँग सहयाेग गर्न अपिल समेत गरिरहनु भएकाे छ ।
पहिराे पिडितहरुकाे स्थायी बसाेबासकाे लागि नगरपालिकाले जग्गा छनाेटकाे काम गरिरहेकाे छ । उनिहरुकाे बस्तिनै स्थान्तरण गर्नु पर्ने भएकाेले विभिन्न स्थान बाट सहयाेग रकम समेत जुट्न थालेकाे पहिराे पिडितहरुका लागि देश तथा बिदेशमा रहेका विभिन्न संघ संस्थाहरुले विभिन्न राहत बितरण गरिरहेका छन भने नगरपालिकाले समेत राहत काेष स्थापना गरि राहत संकलन गरिरहेकाे छ ।
सुर्य प्रसाद अाचार्यले पहिराे पिडितहरुकाे लागि सहयाेग गरेकाेमा नगरप्रमुख सुर्य प्रसाद अधिकारीले प्रशंसा ब्यत गर्नु भएकाे छ अाफ्नै नगरबासी अप्ठेराेमा परेकाे बेला यति ठुलाेधनराशी एकलरुपमै प्रदान गरेकाेमा नगरप्रमुखले धन्यवाद दिँदै सामाजिक क्षेत्रमा गरेकाे सहयाेगकाे सहि मुल्यांकन हुने र दुखिकाे घाउमा मलम बन्ने अधिकारीले बताउनु भयाे ।