प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा कृषकलाई धान काट्ने चटारोले छोएको छ। अहिले सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभरका कृषकहरु धान काट्नमा व्यस्त छन्।
यस वर्ष रासायनिक मल समयमै नपाए पनि पानी भने समयमै पर्याप्त परेकाले धान उत्पादन बढ्ने कृषकहरुको भनाई छ।
जिल्लाभरका कृषकहरु बडा दसैँका बेला समेत धान काट्नमा व्यस्त छन् ।
फोटोहरु: प्रेमनारायण आचार्यले