अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी छत्रदेव गाउँपालिका कोरोना मुक्त भएका छन् । यि पालिकाहरुमा संक्रमितको संख्या शुन्य भएको छ । जसमा भूमिकास्थान नगरपालिकामा १२४, मालारानीमा ७४, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । साथै भूमिकास्थानमा २ जना, मालारानीमा १, पाणिनी गाउँपालिका १ जनाको कोरोनाका करण निधन भएको छ ।
यस्तै जिल्लाभरका विभिन्न आईसोलेशनबाट आजसम्म ४९६ जनाले कोरोना जितेर घर फर्केका छन् ।
साथै जिल्लाको सन्धिखर्कमा ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा आजसम्म संक्रमितको संख्या ५७१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २२२ जना, शितगंगा नगरपालिकामा १००, भूमिकास्थान नगरपालिकामा १२६, मालारानीमा ७५, पाणिनी गाउँपालिकामा २० र छत्रदेव गाउँपालिकामा २८ जना संक्रमित रहेका छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ६ जनाको निधन भएको छ ।
बिहीवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ६९ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।