सन्धिखर्कमा ४० औ विश्व खाद्य दिवस विभिन्न कार्यक्रमकाे आयाेजना गरि मनाईयाे


हिम लेकाली

कार्तिक १४ ,सन्धिखर्क । ४० औ  विश्व खाद्य दिवस विभिन्न कार्यक्रमकाे याेजना गरि सन्धिखर्कमा मनाईएकाे छ ।” हाम्राे पहल :दिगाे कृषि ,पाेशिलाे हार ” भन्ने मुल नाराका साथ कृषि ज्ञान केन्द्र अर्घाखाँची काे याेजनामा दिवस मनाईएकाे हाे।


कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्मा भुसालले मन्तब्य राख्दै देश कृषि क्षेत्रमा त्म निर्भर हुन सके मात्र सम्बृधि हुने बताउनु भयाे ।उहाँले कृषि प्रधान देश भएर पनि कृषि जन्य बस्तु यात गर्नु पर्ने स्थिति मा देश रहेकाे बताउँदै कृषकलाई ब्यबसायिक खेति तर्फ उन्मुख गर्न राज्य तथा सराेकारबाला सबै गम्भीर भएर लाग्नु पर्ने बताउनु भयाे ।
यसै गरि कार्यक्रम मा सन्धिखर्क नगरपालिका उप प्रमुख ठाकुर कुमार बि.क.(किशाेर) ले मन्तब्य राख्दै किसानले पहिले भन्दा अहिले सेवा ,सुबिधा पायकाे बताउँदै कृषिमा लाग्ने किसानलाई नगरपालिकाले थुप्रै राहत कार्यक्रम ल्यायकाे बताउनु भयाे । साथै धेरै युवा शक्ति कृषि तथा पशुपालनमा लागेका छन् यसैले बिस्तारै जिल्ला कृषिमय हुन थालेकाे उहाले  बताउनु भयाे ।

कृषि ज्ञान केन्द्र प्रमुख राम मिलन प्रसाद बिश्वकर्माकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत कृषि अर्थ बिज्ञ महेन्द्र कुमार झा ले र सन्चालन कृषि अधिकृत बलराम घिमिरेले गर्नु भएकाे थियाे ।

कार्यक्रममा नेकपा नेता भेष बहादुर के. सि,जनता समाजवादि पार्टीका नेता नेत्र बहादुर थापा , राष्ट्रीय जनमाेर्चाका नेता गाेबिन्द बि.सि ,परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल , परियाेजना किसान २ का प्रमुख बिश्वचन्द्र पाेख्रेल, घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख केशव सुनार , सिंचाइ निमित्त कार्यालय प्रमुख रामजी भट्टराई ,उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल,किसान महासंघका ज्ञान बहादुर बिश्वकर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।                           


दिवसकाे उपलक्ष्यमा बिहिबार सम्पन्न बिद्यालय स्तरिय निबन्ध प्रतियाेगिता सम्पन्न भएकाे छ । “हाम्रो पहल : दिगाे कृषि,पाेषिलाे हार “भन्ने शिर्षक मा सम्पन्न प्रतियाेगितामा युवा बर्ष जनता रवि चित्र मा .बि .हटारिका छात्र अभिशेष खनाल प्रथम ,साेहि विद्यालयकै छात्रा डेनिसा चाैहान द्वितीय ,जनज्याेति मा.वि.चुत्रावेसिकी छात्रा स्वेच्छा भुसाल त्रितिय र ग्रिन बाेर्डिङ्ग स्कुल चुत्रावेसी कि छात्रा सुभेच्छा खनाल ले सान्त्वना स्थान प्राप्त गरेकि छन् ।

बिजेता विद्यार्थीहरूलाइ प्रमुख अतिथि बाट नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएकाे थियाे । निबन्ध प्रतियाेगिताकाे निर्णायक मा सहायक प्रमुख जिल्ला अधिकारी बिनाेद खनाल , शिक्षा समन्वय ईकाइ प्रमुख मनिराम पराजुली ,सनपा शिक्षा प्रमुख युगल नारायण बस्याल र ज्ञान केन्द्र प्रमुख राममिलन प्रसाद बिश्वकर्मा रहनु भएको थियाे।

याे दिवस प्रत्येक वर्ष अक्टाेवर १६ (असाेज ३० गते ) मनाईने गरेता पनि यस पटक काेभिड १९ तथा चाड पर्व बिशेष का कारण केन्द्रीय सर्कुलर अनुसार अक्टुवर महिना भित्र गर्ने भनिएकाेले साेहि अनुसार दिवस मनाईएकाे कृषि ज्ञान केन्द्रका कृषि अधिकृत निमराज चार्यले बताउनु भएकाे छ ।