दशैंको अन्तिम दिन पुर्णिमाको अवसरमा अर्घामा सरायँ मेला सम्पन्न (भिडियो, फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । हिन्दुहरुको महान चाड शुभ बिजया दशमी २०७७ को अन्तिम दिन “पुर्णिमा” को अवसरमा अर्घाखाँचीको जिल्लाको अर्घामा सरायँ मेला सम्पन्न भएको छ ।
कोरोनाका त्रासका बिच सम्पन्न सरायँ मेलामा सयौ भक्तजनको उपस्थिती रहेको थियो । 
यस्तै अर्घाका स्थानिय बासिन्दाहरुले भगवती मन्दिरको प्राङ्गणबाट आलम निकाली सराय नाच मैदान हुँदै गोसेथानामा समाबीस्ट गराई पुन भगवती मन्दिरमा आलम ल्याई सेलाई नित्य सनातन धार्मिक परम्पराको निरन्तरता दिएका थिए ।
सो अवसरमा सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बि.क लगायतको उपस्थिति रहेको थियो ।
फोटोहरु:-