अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना भाइरसको संक्रमण दरमा कमी आएको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र अर्घाखाँचीडट्कम लाईभ उप्डेटका अनुसार गत कार्त्तिक ८, शनिबारदेखि आज कार्त्तिक १५, शनिवारसम्म अगाडि हप्ताका तुलनामा कोरोना भाइरसको संक्रमण दरमा कमी आएको हो ।
यो एक हप्तामा जिल्लामा ७ जना मात्र नयाँ संक्रमित थपिएका छन् । गत कार्त्तिक ८, शनिबार अर्घाखाँचीमा संक्रमित संख्या ५६५ थियो । शनिवारसम्म ५७२ जना पुगेको छ ।
यस्तै जिल्लामा यो हप्ता ७८ जनाले कोरोना जितेका छन् । गत कार्त्तिक ८, शनिबार अर्घाखाँचीमा कोरोना जित्नेको संख्या ४१८ जना थियो । शनिवारसम्म ४९६ जना पुगेको छ ।
उता गएको २४ घण्टामा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा १ जना र मालारानीमा १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
योसँगै जिल्लाको यो सँगै जिल्लामा आजसम्म संक्रमितको संख्या ५७२ जना पुगेको हो । जसमा सन्धिखर्क नगरपालिकामा २२१ जना, शितगंगा नगरपालिकामा १००, भूमिकास्थान नगरपालिकामा १२७, मालारानीमा ७६, पाणिनी गाउँपालिकामा २० र छत्रदेव गाउँपालिकामा २८ जना संक्रमित रहेका छन् ।
जिल्लाका विभिन्न आईसोलेशनबाट आजसम्म ४९६ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १५८ जना, शितगंगा नगरपालिकामा ९३, भूमिकास्थान नगरपालिकामा १२४, मालारानीमा ७४, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ६ जनाको निधन भएको छ ।
शनिबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ७० जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
शनिबारसम्मको विवरण यस्तो छ:-