ससस्त्र प्रहरी बल अर्घाखाँची गुल्मका प्रहरी नायब निरीक्षक खड्काको कोरोना संक्रमणबाट निधन

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । नेपाल ससस्त्र प्रहरी बल अर्घाखाँची गुल्ममा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक नगेन्द्र खड्काको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । 
आफन्त (अंकल) टिकाराम खड्काका अनुसार ३९ वर्षिय सशस्त्र प्रहरी नायब निरीक्षक नगेन्द्र खड्काको शनिबार काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।   
काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएका सई नगेन्द्र खड्का प्रेसर सुगर रोगको बिरामी थिए । सशस्त्र प्रहरी अस्पतालमा  आईसीयूबाट वार्डमा सारिएको दिन निधन भएको थियो । 
खड्कालाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको थियो ।
खड्काको घर दैलेख दुल्लू नगरपालिका वार्ड नं ६ छिउडी हो ।  हाल सुर्खेत बस्दै आउनुभएको थियो । खड्का २ वर्षदेखि अर्घाखाँची गुल्ममा कार्यरत हुनुहुन्थ्यो ।