सुर्य भुसाल
केरुङ्गा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गा निबासी युवा ब्यबसायी तथा नेपाली काङ्ग्रेसका नेता यम पान्डेले केरुङ्गाको कालिका मन्दिरलाई १ बर्षसम्म लाग्ने दैनिक पुजा तथा मन्दिर सन्चालनका लागि आर्थिक रकम सहयोग गर्ने हुनु भएको छ ।
युवा नेता पान्डेले मन्दिर सन्चालक समितिका अध्यक्ष तथा पदाधिकारीहरुसँग समन्वय गरि मन्दिरका लागि १ लाख ३५ हजार खर्च हुने र सो रकम आफुले मन्दिर ब्यबस्थापन समितिलाई हस्तान्तरण गर्ने पान्डेले जानकारी दिनु भयो ।
काठमाडौंको सुकेधारामा प्रशम्सा ईन्टरप्राईजेज सन्चालन गर्दै आउनु भएका पान्डे विभिन्न सामाजिक क्षेत्रमा आबद्द हुनुको साथै विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आउनु भएको छ । उहाँ नेपाली काङ्ग्रेसका युवा क्रियासिल नेता समेत हुनुन्छ ।
फोटोहरु:-