खनमा कोरोनाका कारण ज्यान गुमाएका एक व्यक्तिको चार महिनापछि अन्त्येष्टि

नविन के.सी 
खन, अर्घाखाँची – शव गाडेको साढे चार महिना पछि पुन उत्खन्न गरी परम्परा अनुसार दाहसंस्कार गरेको विषय अनौठो लाग्न सक्छ । तर यो वास्तविकता घटना हो ।
अर्घाखाँचीमा कोरोनाका कारण ज्यान गुमाएका एक व्यक्तिको शवलाई साढे चार महिना पछि उत्खन्न गरी दाहसंस्कार गरिएको छ ।
जिल्लाको मालारानी गाउँपालिका– ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत २८ जेठमा उपचार गरेर फर्कने क्रममा निधन भएको थियो ।  क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षणका क्रममै हराएपछि मृत्यु भएपछि पुन स्वाव संकलन गरी परीक्षण गर्दा पोजिटिभ नतिजा देखिएको थियो ।
कोरोना पोजिटिभ देखिएपछि शवलाई २ दिनसम्म खुल्ला चौरमा राख्न परिवारका सदस्य बाध्य भएका थिए  । त्यसबेला परिवारले चाहेको स्थानमा शव व्यवस्थापन गर्न र परम्परा अनुसार काजकिरिया गर्न नपाएपछि चार महिनापछि शव उत्खनन गरेर परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले बताए ।