सन्धिखर्कमा कृषि ज्ञान केन्द्र अर्घाखाँचीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

अशोक खनाल  
सन्धिखर्क, अर्घाखाँची कार्तिक १८ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जिल्लामा क्रियासिल संचारकर्मीसंग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
केन्द्रले आ.ब.०७७/०७८ को स्वीकृत बाषिक कार्यक्रम तथा बजेट समेत सार्बानिक गरेको छ सार्बजनिक कार्यक्रम अन्तरगत कृषि उत्पादन खाद्य शुरक्षा तथा पोषण कार्यक्रम , स्मार्ट कृषि गाउँ कार्यक्रम , अभियानमुखी मिसन कार्यक्रम ( आलु मकै सुन्तला कागती), कृषि पशुपन्छी श्रोत तथा प्राविधि सेवाटेवा बिस्तार कार्यक्रम , भुमी ब्याबस्था कृषि तथा सहकारी मन्त्रालय ( शशत अनुदान) ब्लक कार्यक्रम तथा कृषि ज्ञानकेन्द्र साधारण तर्फ को गरि कुल ९ करोड ९८ लाख ८४ हजार को बजेट सिलिङ सार्बजनिक गरिएको थियो । भने त्यसै गरि गत बर्ष ०७६/०७७ मा विभिन्न कार्यक्रम मा बिनियोजित रकम कोभिड १९को कारण ४२.२२% मात्रा खर्च भएको समेत जानकारी गराइएको थियो ।
संचारकर्मी हरु बिच भएको अन्तरक्रिया कार्यक्रम मा कार्यलय प्रमुख बिश्वकर्मा ले भन्नू भयो कृषि को बिकाश बहु आयामिक भएको उत्पादन मा वृद्धि हुदा पनि बजारीकरण हुन नसकेको भन्दै बिचौलिया नभई पनि नहुने तर बिचौलियाको कारण कृषक हरु बढी मर्का मा परेको मा चिन्ता ब्याक्त गर्दै जब सम्म सहकारी र निजि बजार बिस्तार हुदैन तब सम्म कृषक को समस्या हल नहुने बिचार ब्याक्त गरेका थिए ।
केन्द्र का अधिकृत नारायण प्रसाद भुसालको संचालन मा सम्पन्न कार्यक्रम मा कृषि बिज्ञ बिबेक पन्तले स्वागत मन्तव्य र कार्यलय प्रमुख राम मिलन प्रसाद बिश्वकर्मा ले अध्यक्षता गरेका थिए ।