सुर्य भुसाल
ठाडा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको चाक्लादेखि वार्ड नम्बर १० सिद्धारा हर्रेसम्मको ११ किलोमिटर सडकको डिभेस्टिक पिच गर्ने काम सम्पन्न भएको छ ।
गोरुसिङगे सन्धिखर्क सडकमा पर्ने चाक्लाबाट सिद्धारा हर्रेसम्मको ११ किलोमिटर र ४ सय मिटर सुबिधा सम्पन्न सडकमा डिबेस्टिक पिच गर्ने कार्यको जिम्मेवारी लिएका युवा ब्यबसायी बसन्त भुसालले सम्झौतामा तोकिएको २१ महिनाको समय भित्र गुणस्तरीय काम गरि सडकमा गर्ने सबै काम सम्पन्न गर्नु भएको हो ।
भुकम्प प्राधिकरण अन्तरगतको जिल्ला कार्यानयन ईकाई अर्घाखाँचीले निकालेको ईभिड टेन्डर अन्तरगत युवा ब्यबसायी वसन्त भुसालले २८ करोडमा ठेक्का सम्झौता गरि बिश्वब्यापी देखिऐको कोरोना रोगको माहामारीका बेला पनि निरन्तर काम गरि तोकिएको समयमा काम सम्पन्न गर्नु भएको छ ।
सडक नाली सहित ७ मिटरमा चौडाइ र ११.४०० मिटर लम्बाई छ भने सडकको काम गुणस्तरीय बनाउन जिल्ला कार्यनयन ईकाई अर्घाखाँचीका प्रमुख सोहिन्द्र यादब सहितका प्राबिधिकहरुले दैनिक अनुगमन गरि सडकको काम गुणस्तरीय बनाउनका लागि दिन रात खटेर काम गरेका थिए ।
सडकमा सानातिना कुनै समस्या नआउने गरि काम सम्पन्न गरिएको सो सडकको साईट हेरेका प्राबिधिक हरि बोहराको भनाई छ । सडक कालोपत्रे डिभेस्टिक पिच बनेपछि त्यस क्षेत्रका हजारौं जनताहरु लाभान्वित भएका छन् । भने त्यहाँ जग्गाको मूल्य समेत बृर्दि हुन थालेको छ ।
स्थानिय अत्यान्तै हर्षित बनेका छन अर्घाखाँची जिल्लाको ग्रामीण ईलाकामा सबैभन्दा पहिला डिभेस्टिक पिच हुने सडक चाक्ला सिद्धारा सडक हो अहिले सडक पुर्व पश्चिम राजमार्ग भन्दा कुनै कम छैन सडक पिच भएपछि सिद्धारा आउने आन्तरिक तथा वाय प्रयटकहरुको समेत सङख्या बढेको छ ।
अम्मर निर्माण सेवाका सन्चालक युवा ब्यबसायी वसन्त भुसाल गुणस्तरीय काम गर्ने ब्यबसायी हुन भुसाल तोकिएको सम्झौता अनुसार समयमा काम सम्पन्न गर्ने ब्यबसायीको सुचिमा पर्छन ।