अर्घाखाँचीडट्कम संवाददाता
सिओल । कोरियामा स्वास्थ्य समस्याबाट पिडित एक नेपालीलाई यहाँका नेपाली संघ संस्थाले उद्धार गरी स्वदेश पठाएका छन् ।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया र ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको सक्रियता तथा यहाँका समाजसेवी नेपालीहरुको सहयोगमा अर्घाखाँची शितगंगा नगरपालिकाको जुकेनाका एक जना युवालाई उद्धार गरी स्वदेश पठाईएको अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिए ।
उनी गतवर्ष ईपियस प्रणाली मार्फत कृषि क्षेत्रमा कोरिया आएको बताईएको छ । वंगुर फार्ममा कार्यरत उनि कार्यस्थलमा एक्ला नेपाली भएका कारण होमसिक हुँदै डिप्रेशन सम्मको अवस्थामा पुगेका उनको अवस्था थप नाजुक बन्दै गएको जानकारी पाएपछि उद्धार गरी लालिगुराँस रेष्टुरेण्टका सञ्चालक खगेन्द्र खत्रिले खान बस्नकाे व्यवस्था गर्दै आएको थियो ।
५ महिनादेखि काम गर्न नसक्ने अवस्थामा पुगेका उनलाई रेष्टुरेण्ट लगायत ह्वासङमा कार्यरत नेपालीहरुले सहयोग गर्दै आएका थिए ।
अर्घाखाँची सम्पर्क मंचले अक्टोवर १६ मा नै कोरियन एयरमा स्वदेश पठाउनेगरी टिकटको व्यवस्था गरेको भएपनि विमानस्थल पुगिसकेपछि अवैधानिक भएको जानकारी पाईएको पन्थीले बताए ।
नियमित काममा जान नसकेका पिडित उनकाे रोजगारदाताले भिसा रद्ध गरिदिएको जानकारी पहिलै नहुँदा समस्या परेको उनले बताए ।
पिडितकाे उद्वारका क्रममा अर्घाखाँची सम्पर्क मञ्चले १३ लाख ४३ हजार काेरियन वन र ह्वासङ परिवारले ५ लाख वन गरी १८ लाख ४३ हजार खर्च भएकाे बताईएकाे छ ।
भिषा रद्ध भईसकेका उनलाई थप प्रक्रिया पुर्याएर दुवई ट्राञ्जिट हुँदै पठाईएकोमा दुवई पुगेर स्वास्थ्य अवस्था विग्रिएपछि विमानस्थलले करिब १० दिन उपचार गरी स्वदेश पठाएको उद्धारका सक्रिय अर्घाखाँची सम्पर्क मञ्चका सल्लाहकार मिनराज पोख्रेलले जानकारी दिए ।
सितगंगा सम्पर्क समिति दुवईका कोषाध्यक्ष लिल बहादुर बेल्बासे , प्रेम बहादुर बगल्दार मगर लगायतले दुवईमा आवस्यक समन्वय तथा सहयाेग गरी स्वदेश पठाएका थिए ।