बल्कोटको झिरबासका अपांगलाई नागरिकता बितरण

प्रेमनारयण आचार्य
बल्कोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्वर २ बल्कोटको झिरबासमा घरमै पुगेर अपांगलाई नागरिकता बितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बिणु प्रसाद पौडेलको नेतृत्वमा गएको जिल्ला प्रशासन कार्यलयको टोलीले एकै घरका तीन जना अपांग सहित ४ जनालाई नागरिकता प्रदान गरेको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुलसा देवी श्रेष्ठ, वडा अध्यक्ष राजेस पन्थी, नेपाली कांग्रेसका जिल्ला सदस्य युवा नेता पिताम्वर खनाल , कार्यपालिका सदस्य कमला अधिकारी, जिल्ला समन्वय सदस्य शमसेरदीन मिया, वडा सदस्य तोमलाल भुसाल, पत्रकार प्रेमनारयण आचार्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वडा सचिव विशाल वलीको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु