ठूलापोखरामा वडासदस्यका उम्मेदवार सहित दर्जन बढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश (फोटो सहित)


नविन पौडेल
छत्रदेव, अर्घाखाँची १९ कात्तिक । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ६ ठूलापोखरामा तत्कालिन नेकपा माओवादीका तर्फबाट स्थानिय तहको निर्वाचन २०७४ मा वडा सदस्यका उम्मेदवार रहेका नेकपाका नेता नारायण प्रसाद बन्जाडे (कृष्ण) सहित एक दर्जन नेता कार्यकर्ता नेकपा परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका छन ।
पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशी सबै नेता तथा कार्यकर्ताहरुलाई नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सिदेवी श्रेष्ठ, छत्रदेव ६ का वडा अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता कमल पौडेल, नेपाल किसान संघका जिल्ला अध्यक्ष एवं छत्रदेव ६ का वडा सदस्य ज्ञानप्रसाद पाण्डे, क्षेत्रिय प्रतिनिधी हुमलाल पौडेल, नेपाली काँग्रेसका स्थानिय नेता दामोदर बन्जाडे लगायतका नेता तथा कार्यकर्ताहरुले स्वागत तथा अभिनन्दन गरेका थिए ।
पार्टी प्रवेश गर्ने अन्य नेता तथा कार्यकर्ताहरुमा शेषकान्त बन्जाडे, छविलाल भट्टराई (नवराज), भोजराज भण्डारी, गणेश प्रसाद बन्जाडे, दिपेन्द्र पराजुली, केशव बन्जाडे, राम बहादुर विश्वकर्मा, छविलाल विश्वकर्मा, ज्ञान बहादुर ढेगा मगर, हरी बहादुर थापा लगायत प्रवेश गरेको वडा अध्यक्ष पौडेलले जानाकारी गराए ।
पार्टी प्रवेश कार्यक्रम पछी नवप्रवेशीहरुको तर्फबाट बोल्दै नारायण प्रसाद बन्जाडे  कृष्ण  र भोजराज भण्डारी लगायतका नेताहरुले कम्युनिष्टहरुको जनता झुक्याउने वर्तमान नेतृत्वको विरुद्ध यो क्रान्ती भएको उल्लेख गरेका छन ।
नेपाली काँग्रेस साविक ठूलापोखरा गाविस वडा नं. ८ का पार्टी सभापति   नेत्रप्रसाद बन्जाडेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस ठूलापोखराका सल्लाहकार  नारायण भट्टराईको रहेको थियो ।

अन्य समाचारहरु