जालकाँडा र ठुलाचाैरमा सामाजिक अभियन्ता सेजवालकाे पहलमा सरसफाई अभियान शुरु (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
जालकाँडा अर्घाखाँची १९ कात्तिक ।  अर्घाखाँचीकाे जिल्लाकाे सन्धिखर्क नगरपालिका ११ र मालारानी गाउँपालीका ४ मा अवस्थित ठुलाचाैर र जालकाँडाकाे सेराेफेराे जिल्लाकै उत्कृष्ट पर्यटन स्थल बन्दै गएकाे छ। 
समुन्द्र सतहकाे करिब १९०० मिटरकाे उचाइमा अवस्थित याे ठाउँमा कराेडाैँ वर्ष पुराना काला ढुङ्गाहरुकाे बगैँचा ( रक गार्डन) रहेकाे छ। 
बिचमा ठुलाेचाैर र थाेरै माथि तिर सिधा रेखामा फैलिएको धुपि सल्लाहरु र जापानिज् सल्लाहरुकाे वनले गर्दा याे ठाउँ अझै आकर्षक देखिन्छ।
पछिल्लाे समयमा याे ठाउँमा पर्यटकहरुकाे सङ्ख्या बढे सङ्गै याे ठाउँ धेरै फाेहाेर पनि बनेकाे छ। यति शुन्दर ठाउँ फाेहाेर बनेपछि गाउँकै यूवाहरुकाे सक्रियतामा याे ठाउँ स्वच्छ र सफा राख्न गाउँका यूवाहरु लागि परेका छन्। यहि कार्तिक महिनामा गाउँका सबै यूवाहरु मिलेर याे ठाउँमा यत्रतत्र छरिएका फाेहाेर वस्तुहरुकाे सङ्कलन गरि एउटा निश्चित खाडलमा नष्ट गरेका छन् । 
सामाजिक अभियन्ता सुरज सेजवालकाे पहलमा बिभीन्न व्यक्तिहरुकाे सहयाेगमा याे ठाउँकाे फाेहाेर व्यवस्थापनकाे लागि यहाँका हट स्पटहरुमा डस्टविनकाे रुपमा डाेकाहरु राखिएका छन्।