अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकाका विभिन्न ठाउँमा अखिल क्रान्तिकारी अर्घाखाँचीले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अनुसार आज बिरोध जुलुस सप्पन्न गरेको छ ।
भुमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकाका विभिन्न ठाउँमा करिब १०० जना युवा तथा समाजका आम बुद्धिजीवीहरुको भेलामा युवा खेलाडीहरुलाई खेलाडीहरुको स्तर उन्नतीको लागी भलिबल र नेट नेकपा पार्टी सचीव माहुरी र अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष नबिन खड्का द्धारा प्रदान गरिएको छ ।
उक्त कार्यक्रमा बोल्दै अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष तथा युवा नेता नवीन खड्काले आम नागरिकलाई नि:शुल्क स्वास्थ्य जांच र उपचार गर्न तथा कोरोना माहामारिको नाममा भ्रष्टाचार र ब्यापारिकरण बन्द गर्न सरकारलाई चुनौती दिनुभएको छ ।
अध्यक्ष खड्काले बर्तमान राज्य सत्ता भ्रष्टचारीलाई संरक्षण गर्ने निकाय भएकोले भ्रष्टाचार संरक्षण गर्ने सरकारलाई खरानी बनाउने र यसको ठाउँमा एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवादी ब्यबस्था ल्याउनको लागि सम्पुर्ण युवा, विद्यार्थी,सुरक्षा कर्मी र आम सचेत नागरिक एक हुनु पर्ने बेला भएको बताउनु भएको छ । केपी वलि सरकार दिनप्रतिदिन जनता प्रती गैर जिम्मेवारी भएका कारण हत्या हिसां बलात्कार दिनानुदिन बढ्दै गएको र हत्यारा र बलात्कारीलाइ सरकारले संरक्षण दिने कार्यले इतिहासकै बद्नामित सरकार भएकोले जनताको सत्तालाई साथ दिन अर्घाखाँचीका आम जनतालाइ अपिल गर्नु भएको छ ।
कोण सभाबाटै चुनौती दिदै खड्काले जनप्रतिनिधिहरु लाई भ्रष्टाचार गर्ने काम बन्द गरि जनता प्रती उत्वरदायी र अभिभावकत्व ग्रहण गर्न र नसके राजिनामा दिएर बस्न आग्रह गर्नु भएको छ ।
जनताको आशा र भरोसाको एकमात्र पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकोले जनताको हरेक दुखमा साथ दिन तयार भएको अध्यक्ष खड्काले बताउनु भएको थियो । कार्यक्रम नेकपा अर्घाखाँची जिल्ला सचीव क. माहुरी को प्रमुख आतिथ्यता र संगठनका नेता दिवाकरले संचालन गर्दै दलाल सरकारका विरुद्ध बिद्रोहको लागि युवा विद्यार्थीहरु एकजुट हुन अनुरोध गर्नु भएको थियो । तिनवटै कार्यक्रममा सयौंको संख्यामा जनताको सहभागीता रहेको थियो ।