हंसपुरको बामरुकमा नरसिंहस्थान पर्यटन पुर्वाधार समितिको ५ औं वार्षिक साधारण सभा सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं ७  हंसपुरको बामरुकमा रहेको धार्मिक स्थल श्री नरसिंहस्थानको नरसिंहस्थान पर्यटन पुर्वाधार विकास उपभोक्ता समितिको प्रतिनिधिमुलक ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
हंसपुरका १० वटै टोलको प्रतिनिधित्वमा श्री नरसिंहस्थानको नरसिंहस्थान पर्यटन पुर्वाधार विकास उपभोक्ता समितिको प्रतिनिधिमुलक ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्य समिति सदस्य बिजय खनालका अनुसार प्रतिनिधिमुलुक साधारण सभाको अध्यक्षता कार्य समितिका अध्यक्ष दल बहादुर भट्टराई र वडाअध्यक्ष खड्क प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न सस्थाको ५ औं साधारण सभाले ०७५/०७६ र ०७६/०७७ को लेखा परिक्षकको नियुक्ति र आय-व्याय विवरण अनुमोदन गर्दै आगामी कार्ययोजनाको रुपमा पार्किङ क्षेत्र विस्तार , भगवान शिव ,दुर्गादेवी र अम्बिका देबिका मन्दिर निर्माण , प्रसाद घर निर्माण , नरसिंह मन्दिरमा टुंडाल , परिक्रमा मार्गमा विश्राम स्थल , पानीको फोहरा निर्माण , फुलवारी र बाल उधान र विभिन्न भगवानका मूर्तिहरु निर्माण गर्दै जाने कार्ययोजना समेत सभाले पारित गरेको छ ।
नरसिंहस्थान पर्यटन पुर्वाधार उपभोक्ता समितिका कार्य समिति सदस्य बिजय खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

अन्य समाचारहरु