अर्घाखाँचीमा संयुक्त दलित अधिकारकर्मी संजालद्धारा प्रहरी प्रमुखको स्वागत तथा सम्मान

सागर परियार
सन्धिखर्क, अर्घाखाँची । संयुक्त दलित अधिकारकर्मी संजाल  अर्घाखाँचीले आज एक कार्यक्रमका बिच ट्राफिक प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रहरी उपरीक्षक डम्मर बहादुर बिश्वकर्मालाई  स्वागत तथा सम्मान गरेको छ । 
कार्यक्रममा  बिश्वकर्माले आफू ट्राफिक लुम्बिनी प्रदेश  प्रमुख भए पछि विभिन्न कारण अर्घाखाँची  आउन नपाएको र अर्घाखाँचीको कार्यालयको अबस्थाको बारेमा बुज्न अर्घाखाँची अबलोकन गर्न आएको बेला आफुलाई सम्मान तथा स्वागत गरेकोमा खुसी व्यक्त  गर्नु भयो । 
यसै सन्धर्भमा उहाले प्रहरी को मा आउने हरेक मानिस  फुल को गुच्छा बोकेर होइन। आँसु र दुख पीडा बोकेर आउँछ। तेस्को पीडामा न्याय प्रदान गर्ने पहिलो राज्यको निकाय र भुमिमा  प्रहरी  रहेको  बताउनु भयो ।  
त्यस्तै कार्यक्रमका विशिष्ट  अतिथि  अर्घाखाँची प्रहरी प्रमुख माधब बुढाथोकिले  अर्घाखाँचीमा जिल्लामा भएका  हरेक किसिमका अनैतिक क्रियाकलाप  अन्त्य  गर्ने । 
त्यस्ता किसिमका अनैतिक  कार्य  गर्ने जो कै लाई कानुनी दायरामा ल्याउने बताउनु भयो । कार्यक्रम संयुक्त  दलित अधिकारकर्मी संजाल  अर्घाखाँचीका  सम्योजक बिष्णु  परियारको  अध्यक्षता     संजालका सदस्य  सचिब दिनेश सुनार को सन्चालन र सन्जाल का सदस्य  राजेन्द्र नेपालीको स्वागत  मन्त्ब्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सन्जालका सदस्य ठाकुर  सौराग आदर्श लागयत ले सुभकमना मन्त्ब्य राख्नु भएको थियो ।