अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको बजार अनुगमन समितिले आज वार्ड नम्बर २ सितापुरको लाहुरे बजार ,भुवनपाटा लगायतका बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरुको हितमा बजारमा सामाग्री हुनु पर्ने समय समिएका खाद्य्य बस्तु पसलमा राख्नेगर्दा स्वास्थमा समेत समस्या हुने भएकोले पनि चाडपर्वको अवसर पारी बजार अनुगमन गरिएको बजार अनुगम समितिका संयोजक नागेन्द्र नेपालले जानकारी दिनु भयो ।
आज होटेल तथा किराना पसलहरुको अनुगमन गर्दै होटेलमा सरसफाइको अवस्था तथा गुणस्तरीय खाना खुवाउने गरेनगरेको अनगुमन गरिएको थियो ।
अनुगमनको क्रममा ठुलो मात्रामा विभिन्न चाउचाउ, भुजा, चिजबल्स लगायतका म्याद गुज्रेका समानहरु वार्ड नम्बर २ का वडा सदस्य भान बहादुर क्षेत्री ,उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारी , इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेत सञ्चारकर्मी लगायतको उपस्थितमा नष्ट गरिएको हो ।
अनुगमनको क्रममा भएका कमजोरीहरुका लिखितरुपमै सुझाव दिएको र पालना नगरेको पाइएमा दोस्रो पटकमा कारवाही गरिने संयोजक नेपालले जानकारी दिनु भयो ।
अनुगमन समितिले चाडपर्व लक्षित गरि दशै अगाडि अनुगमन गर्ने भने पनि समितिका संयोजक नेपाल सहित ४ जनामा कोरोना सक्रमण देखिए पछि अनुगमन हुन सकेको थिएन । अब भने नगरपालिकाका बिबिभन्न स्थानमा समय समयमा अनुगमनगरिने नेपालले जानकारी दिनु भयो ।