अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहमा नेकपाकाबाट निर्वाचित वडासदस्य सहित ४६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
तत्कालिन एमालेबाट निर्बाचित वडासदस्य सुमित्रा बिक सहितका ४६ जना आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान , मालारानी सयोजक तथा वडा नम्वर ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतले पाटी सदस्यता प्रदान गरेर कांग्रेसमा प्रबेस गराउनु भएको हो ।