अर्घाखाँची अस्पताल अनिश्चिकालका लागि बन्द

अर्घाखाँचीडट्कम संवादद्दाता 
सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची अस्पतालमा कार्यरत चिकित्सक तथा केही स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि अर्घाखाँची अस्पतालका इमरर्जेन्सी र प्रसुती सेवा बाहेक सम्पुर्ण सेवा बन्द भएका छन् । 
७ जना चिकित्सक सहित १७ जना स्वास्थ्यकर्मीमा लक्षण सहितको कोरोना संक्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको हो ।
अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम सहित ७ जना चिकित्सक र १० जना स्वास्थयकर्मी गरी १७ जनामा लक्षण सहितको कोरोना देखिएपछि प्रसुती र अत्याबस्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको हो ।
उपचारमा अहोरात्र खटिएका डाक्टर लगायत स्वास्थ्यकर्मीमा कोरोना संकं्रमण देखिएपछि अर्को सुचना जारी नहुँदा सम्मको लागि अस्पतालका सबै सेवा बन्द गरिएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो । 
अर्घाखाँची अस्पताल अनिश्चिकालका लागि बन्द

अन्य समाचारहरु