प्रेमनारायण आचार्य
बेलटारी, अर्घाखाँची । हाइटेक प्रविधिमा लटरम्म टमाटर फलेपछि अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाको बेलटारीका कृषक खिमबहादुर पाण्डे (बाबुराम) दंग छन्।
कृषि पेशालाई व्यवसायिक बनाएका उनले अब प्रविधिमैत्री पनि बनाउनु पर्छ भन्ने मान्यताका साथ हाइटेकमा टमाटर खेती गरेका थिए। अहिले टमाटर लटरम्मै फलेको छ।
उत्पादित टमाटरको बजारको पनि समस्या छैन। ८० देखि एक सय रुपैयाँ किलोमा टमाटर बिक्री भइरहेको छ। झण्डै ८ सय टमाटरका विरुवा लगाएका उनले ८ टन भन्दा बढी टमाटर उत्पादन हुने अनुमान गरेका छन्। उनी एउटै बोटमा १० केजीभन्दा बढी फल्ने आशमा छन्।