मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम व्युरो रिपोर्ट) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदानमा विश्व समुदाय तथा नेपाली समाजमा ह्रास हुदै गईरहेको नैतिक आध्यात्मिकचेतनालाई पुनर्जागरण ल्याउने उद्देश्य लिएर १०७१ मा पाणिनी गाँउ पालिकामा स्थापित वैदिक सनातन धर्म सेवा समाजको छैठौँ साधारण सभा सम्पन्न भएको छ ।
पाणिनी गाँउ पालिका स्थित विभिन्न वडाहरुवाट प्रतिनिधित्व गरेको यस समाजले मुख्य त परम्परागत धर्म संस्कृतिको संरक्षण गर्दैआएको छ । पाणिनी गाँउ पालिका वडा ५ आलम देवी प्रगाढ़ मा सम्पन्न छैठौँ साधारण सभाले पंडित चन्द्रमणी घिमिरेको अध्यक्षतामा११ सदस्यीय कार्यकारिणी समिती गठन गरेको छ ।
समाजको छैठौँ साधारण सभामा निर्वाचित समितीको उपादक्ष्य अनन्त घिमिरे,सचिवडिल्लीराज वेल्वासे,सह सचिव चेत नारायण घिमिरे,कोषाध्यक्ष टेकनारायण गैरे एवं सदस्यहरु शिवलाल पौडेल,डिलारामभुसाल,रामकला घिमिरे,खिमानन्द घिमिरे,गोमा वेल्वासे,सरिता वेल्वासे सर्वसम्मतमा चयन गरिएको छ ।
पाणिनी गाँउ पालिका वडा नं ५ का वडा अध्यक्ष जीवलाल घिमिरेको प्रमुख आथित्यता रहेको कार्यक्रममा विश्व हिन्दु महासंघकावेदराज घिमिरे,वरिष्ठ समाजसेवी मनिराम पौडेल विशिष्ट आथिती हुनु हुन्थ्यो । स्थानीय समाजसेवी र राजनितीक कर्मीको उपस्थितरहेको कार्यक्रममा समाजका उपादक्ष्य अनन्त घिमिरेको स्वागत मन्तव्य रहेको थियो । टेकनारायण गैरेले समाजको साँगठानीक तथाआर्थिक प्रतिवेदन सार्वजनिक गर्दै सस्थामा ७० हजार रक़म वचत रहेको वताउनु भयो ।
कार्यक्रमको मन्तव्य राख्दै प्रमुख अथिती जीवलाल घिमिरेले वैदिक सनातन धर्म सेवा समाजका लागी स्थानिय सरकारको तर्फवाटआवश्यक सवै सहयोग गर्ने प्रतिवद्दता व्याक्त गर्नु भएको थियो । साधारण सभा कार्यक्रमको अन्त्यमा मन्तव्य राख्दै समाजका अध्यक्षचन्द्रमणी घिमिरेले उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्दै समाजले सदैव परम्परागत सनातन धर्मसस्कृतीको रक्षार्थ काम गर्ने धारणाराख्नु भएको थियो । उपाध्यक्ष अनन्त घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव डिल्लीराज वेल्वासेले गर्नु भएको थियो ।
तस्वीर : डिआरजी सुमन/अर्घाखाँची डटकम् ।