युबराज पौडेल / अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनामा बाहिरी जिल्लाबाट आउने मौरीपालक कृषकहरूलाई रोक लगाइएको छ ।
स्रोत अनुसार वडाध्यक्ष कमल पाैडेलले जुकेनामा बाहिरी जिल्लाबाट आउने मौरीपालक कृषकहरूलाई रोक लगाएका हुन् ।
प्रकृतिमा सर्वत्र छरिएर रहेका अनेक स्रोत,साधन र अवस्था मध्ये बाेटविरुवा फुल्दा फुलमा आउने पुष्परस पनि एक हाे । जसलाई गुणस्तरिय ढंगले संकलन/संग्रह र प्रशाेधन गर्न सके “समृद्ध नेपाल,सुखी नेपाली !” नाराले सार्थक रुप लिने प्राबिधिक बताउछ्न । जसकाे लागि व्यवसायिक माैरीखेती फस्टिन आवश्यक छ ।
यतिखेर (कात्तिक,मंसिर,पुस) भनेकाे चिउरी फुल्ने समय हाे । यदी काेई हिजाेअाज चिउरीको फेदमा बस्छ भने चिउरीको रस (अमृत-वर्षा)ले उ भिज्छ । विभिन्न समयमा विभिन्न संघ/संस्था,विज्ञहरुले गरेकाे अध्यन प्रतिवेदन र कार्यपत्र अनुसार हरेक बर्ष ४० ह मे ट भन्दा बढी श्रवित भैराछ जाे प्राकृतिक चिनी हाे,जैविक महकाे कच्चापदार्थ हाे,व्यवसायिक माैरीखेतीकाे लागि उपयुक्त वातावरण बनाइदिए हरेक वर्ष श्रवित भै खेरजाने पुष्परस संकलन/संग्रह/प्रशाेधन भै जैविक मह उत्पादन सहजैसंग हुन्थ्यो जसकाे माग विश्व बजारमा अधिक छ ।
विडम्बना ! सत्ता उन्मादले माैरी चरनमा सिण्डिकेट लाउने धङधङी देखाउदैछन स्थानिय जनप्रतिनिधि । गतबर्ष प्युठान न पा का मेयर अर्जुन कक्षपतिले गरेका थे भने यस बर्षकाे चिउरीको चरनमा जुकेनाका वडाध्यक्ष कमल पाैडेलले त्यसैगरी सिण्डिकेट लगाएका छ्न । कात्तिक २१गते सुक्रवार नेपाल मौरिपालन सग का प्राबिधिक हेमराज देबकोटाको टिमले ब्याबसायिक आधुनिक मौरी ४०० थान सितगंगा न पा ५ जुकेनामा लिएर पुगेकाे वडाध्यक्ष कमल पाैडेलकै सकृष उपस्थितिमा फर्काइ ज्वलन्त उदाहरण बनेकाछन । देबकोटा दुई दशक लामो समय देखि माैरी-यात्रामा ब्यासायिक गर्दै आएको बताउनु हुन्छ यस्ता खाले बेथिति रुप हरेक बर्ष बढ्दै छन । जसले गर्दा देश र जनतामा झन झन पर-निर्भरता बढदै गएको छ ।
अर्घाखाँची,सितगंगा न पा ५ जुकेना पनि चिउरीको राम्रो वन भएकाे क्षेत्र हाे,जसमा १५००-२००० घारगाेला भन्दा बढी नै भारवहन क्षमता छ जसबाट हजारौं मे ट मह उत्पादन लिन सकिन्छ तर ऐलेसम्म व्यवसायिक माैरीपालक सिर्जना भएका छैनन् ।
स्थानीय सरकारले नियम कानुन सम्बत रहि व्यवसायिक माैरीकृषकलाई ब्यबस्थापन मिलाउनुपर्नेमा उल्टै धम्काउने र निरुत्साहित गर्ने गरेको देखिन्छ।
अहिले गाउमा औसधिको लागि मह समेत न पाउने अबस्थामा माैरी राेक्नु भनेकाे स्थानीयले ताजा मह नपाउनु व्यवसायिक माैरीपालन प्रविधि बाट स्थानीय लाई बन्चित गर्नु वाेटविरुवाकाे परागसेचन क्रियामा सहजता अाउन नदिनु हाे !