अर्घाखाँचीमा कांग्रेस निकट दलित संघको बैठक सम्पन्न, कार्य समितिलाई पुर्णता

फाइल फोटो 
भिम बिसी
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस निकट  नेपाल दलित संघ अर्घाखाँचीको बैठक आईतवार विपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले कार्य समितिलाई पुर्णता दिएको छ ।
जसको प्रथम उपाध्यक्षमा बासुदेव विश्वकर्मा, द्वितिय उपाध्यक्षमा कृष्ण दर्जी (नित्यानन्द), चुमाकला विश्वकर्मा, कोषाध्यक्षमा सुमित्रा परियार, सह–सचिव मिरा नेपाली रहेका छन् ।
यस्तै बैठकले चाँडै नै पालिका स्तरीय कार्य समितिको गठन गर्ने, प्रशिक्षण कार्यक्रम संचालन गर्ने, समितिको बैंक खाता सञ्चालन गर्ने जस्ता निर्णय गरेको छ । यस्तै सम्बन्धित निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरुलाई सम्बन्धित क्षेत्रको कार्य जिम्मेवारी समेत प्रदान गरिएको छ ।
यस्तै समितिले सल्लाहाकार समितिको पनि गठन गरेको छ । लोकेन्द्र विश्वकर्माको संयोजकत्वमा ८ सदस्सीय सल्लाहाकार समिति गठन भएको हो । जसको सदस्यहरुमा मणिराम परियार, ज्ञान बहादुर विश्वकर्मा, राम बहादुर परियार, निम बहादुर विश्वकर्मा, नेत्रलाल बिक, लोचनादेवी सुनार, कमल बहादुर बिश्वकर्मा रहेका छन् ।
बैठक नेपाल दलित संघ केन्द्रीय उपसभापति लोकेन्द्र विश्वकर्माको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस जिल्ला सदस्य मणिराम परियारको विशेष आतिथ्यता, नेपाल दलित संघ अर्घाखाँचीका अध्यक्ष प्रीतम परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।