अर्घाखाँचीमा नेकपाप्रति असन्तुष्टी बढ्दै, तीन महिनामा सयौं कार्यकर्ता कांग्रेसमा प्रवेश गरे

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची  जिल्लामा तीन महिनाको अवधीमा सयौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
साउनको अन्तीम सातादेखी कार्तीकको यो अन्तीम सातासम्म अर्घाखाँचीका विभिन्न भागबाट २६३ जना कार्यकर्ता सत्तारुढ नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
कार्यकर्ता मात्र नभएर स्थानियस्तरका नेता समेत पार्टी परित्याग गरि नेपाली कांग्रेसमा भित्रिएका छन् । निर्वाचित जनप्रतिनिधीदेखी पुर्व पदाधिकारीसम्मले नेकपा परित्याग गरेका छन् । 
२०७४ सालको निर्वाचनमा झन्डै दुई तिहाई ल्याएको नेपाल कम्युनिष्ट पार्टीप्रती असन्तुष्टी बढेसंगै नेपाली कांग्रेसमा आस्था बढ्दै गएको कांग्रेस नेताहरुले बताएका छन् ।