अर्घाखाँचीडट्कम संवाददाता
धनचाैर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. १० धनचाैरमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
धनचाैरको स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क घुम्ती स्वास्थ्य शिविरमा १४१ जनालाई सेवा प्रदान गरिएको हो ।
शिविरमा ८६ जना युवायुवतीले मनाे-सामाजिक परामर्श सेवा लिएका थिए । यस्तै ४८ जनाको साधारण जाँच, ७ जनाको इम्पलंत र १ जनाको आईयुसीडी गरिएको थियो ।
स्वास्थ्य जांच गराउने अधिकांशमा हाड जोर्नी नशा तथा मानसिक रोगको समस्या देखा परेको भन्दै खानपानमा बिशेष ध्यान पु¥याउंदै मानसिक बोझलाई कम गर्ने योजनाका साथ अगाडि बढ्न डाक्टरहरुले सुझाव दिनुभएको थियो ।