बल्कोटको काभ्रेमा एनआईसी एसिया बैंकको शाखा रहित बैंकिङ्ग शुरुवात

अर्घाखाँचीडट्कम संवाददाता 
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. २ बल्कोटको काभ्रेमा एनआईसी एसिया बैंकको शाखा रहित बैंकिङ्ग शुरुवात भएको छ ।
बल्कोटको काभ्रेमा एनआईसी एसिया बैंकको शाखा रहित बैंकिङ्ग शुरुवात
बल्कोटको काभ्रेमा एन.आई.सि.एशिया बैंक अर्घाखाँची शाखाबाट संचालित हुने शाखा रहित सेवाको वडाअध्यक्ष राजेशकुमार पन्थीले उद्धघाटन गरेका थिए । सो अवसरमा उनले एनआईसीको विस्तारले छत्रदेव विकास निमार्णमा टेवा पुग्ने उल्लेख गरे ।
बल्कोटको काभ्रेमा एनआईसी एसिया बैंकको शाखा रहित बैंकिङ्ग शुरुवात
कार्यक्रममा समाजसेवी प्रकाश पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम एनआईसी एसिया बैंक सन्धिखर्क शाखाका प्रमुख कृष्ण पौडेलको अध्यक्षतामा र प्रबन्धक कृष्णप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।
बल्कोटको काभ्रेमा स्थापना गरिएको एनआईसी एसिया बैंकको शाखा रहित सेवाको प्रमुखमा राजु पौडेल रहनेछन् । 

अन्य समाचारहरु