अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नामा नेपाल कम्युनिष्ट पाटी नेकपाको शाेक सभा सम्पन्न भएकाे छ ।
सन्धिखर्क १२ नम्बर वडा कमिटिका संगठित सदस्य छाप निवासी इश्वरी प्रसाद श्रेष्ठकाे ८ औ दिनकाे पुण्य तिथी तथा संगठित सदस्य गाेलिकाेट सल्लिकाेट निवासी बाबुराम श्रेष्ठकाे छैठौं दिनकाे पुण्य तिथिकाे अवसर पारेर दुबै स्थानमा शाेक सभा सम्पन्न भएकाे हो ।
नेकपा सन्धिखर्क वार्ड नं १२ वडा कमिटि सचिव बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कार्यालय सदस्य पिताम्वर भुसाल, कार्यालय सदस्य तथा सन्धिखर्क नगर कमिटि इन्चार्ज राजेन्द्र भुसाल, जिल्ला कमिटि सदस्य तथा नगरकमिटि सह इन्चार्ज युवराज श्रेष्ठ, नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसाल, जिल्ला कमिटि सदस्य तथा वडा नं २ का वडा अध्यक्ष मोतिजंग रायमाझी, जिल्ला कमिटि सदस्य सीता कुमारी श्रेष्ठ, नेकपा सन्धिखर्क नगर कमिटि सदस्य तथा वडा इन्चार्ज रामबहादुर बि.क, नगरकमिटि सदस्य तथा वार्ड नं १ अध्यक्ष लक्ष्मण पराजुली लगायत वडा कमिटि तथा टोल कमिटिका पदाधीकारीले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
डिभर्नाको छापका स्थित श्री संगम आधारभुत जाेगिमारेका शिक्षक इश्वरी प्रसाद श्रेष्ठकाे उपचारकाे क्रममा भिम अस्पताल भैरहवामा कार्तिक १८ गते ५८ वर्षकाे उमेरमा भएकाे दुखद निधन भएकाे थियो ।
शिक्षक श्रेष्ठकाे स्वास्थ्य समस्याका कारण उपचारकाे लागि भैरहवाको भिम अस्पतालमा लगिएको थियो ।