हरि कुवर
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा छुट्टाछुट्टै कारण ले दुई जनाको मृत्यु भएको छ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ११ डिभर्ना, जोगिमारे घर भई सन्धिखर्कमा व्यवसाय गर्दै आएका ३३ वर्षिय कृष्ण आचार्यको निमोनिया का कारण गएराती मृत्यु भएको छ । आचार्यका दुईवटा छोरी , श्रीमती रहेको पारिवारिक श्रोत ले जानकारी दिएको हो ।
यस्तै मालारानी गाउँपालिका वाड नम्बर ५ आरुखोर मा काम को सिलसिलामा बस्दै आएका ६१ वर्षिय राम बहादुर पुन मगर को गएराति मृत्यु भएको हो ।
एक्कासि घाटीमा समस्या देखिए पछि घटना घटेको थियो। मगरको घर प्युठान जिल्ला नाैबहिनि गाउँपालिका वाड नम्बर ४ खबाङ मा रहेको सामाजिक परिचालिका गीता पन्थीले बताइन।