सन्धिखर्कमा नगरपालिका भित्र रहेका संघ संस्थाहरुको कार्य प्रगतिबारे समीक्षा बैठक सम्पन्न

सुर्य भुसाल  
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा अर्घाखाँचीको आयोजनामा नगरपालिका भित्र रहेका संघ संस्थाहरुले गरेको कार्य प्रगतिबारे समीक्षा बैठक सम्पन्न भएको छ ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यता प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाको स्वागत मन्तब्य स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीको सन्चालन गैरसरकारी सस्थाका अध्यक्ष ठाकुर अधिकारीको अतिथ्यतामा भएको समीक्षा बैठकमा प्रकाश सचेतन समुहका कार्यकारी निर्देशक प्रेमनारायण गैरे लुम्बिनी सामाजिक बिकास केन्द्रका हरि पौडेल अपाङ्ग बाल अस्पतालका लेखनाथ आचार्य लगायतका संस्थाका प्रतिनिधि हरुले अाफ्नो सस्थाले गरेको काम को प्रगति प्रतिबेदन पेस गरेका थिए ।

अन्य समाचारहरु